
काठमाडौं, कात्तिक ६ । तिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा सर्वसाधारण किनमेलमा व्यस्त हुन थालेका छन् ।
काठमाडौंका असन, इन्द्रचोकलगायतका क्षेत्रमा किनमेलका लागि उपभोक्ताको घुइँचो छ ।
तिहारका लागि आवश्यक ‘भाइमसला’, कपडा एवं उपहारका लागि विभिन्न सामग्री खरिद गर्न उपभोक्ता व्यस्त देखिन्छन् । व्यापारीलाई व्यापार गर्न भ्याइ–नभ्याइ छ ।
योबेला विशेषगरी नरिवल, काजु, किसमिस, पेस्ता, बदाम, छोकडा, सुपारी, मिश्री, दालचिनीलगायतको धेरै किनमेल हुने गर्दछ ।
तिहारमा खपत हुने ८५ प्रतिशत बढी भाइमसला भारत, चीन, पाकिस्तान, इन्डोनेसिया, ब्राजिलबाट भित्रने गरेको छ ।
वर्षभरिको कुल व्यापारको ७० प्रतिशतसम्म यसैबेला खपत हुने गरेको व्यापारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्