
चितवन, कात्तिक ६ । ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्र नेपालभर बिजुली पुग्ने दाबी गरेका छन् ।
बुधबार चितवनमा नारायणी नदी तटबन्धसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षमा चितवनसहित ४१ ओटा जिल्लामा पूर्ण विद्युतीकरण गर्न २८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
तीन वर्षभित्र बिजुली नपुगेको कुनै ठाउँ नहुने दाबी गर्दै मन्त्री पुनले चितवनको भरतपुरलाई विशेष प्राथामिकतामा राख्दै भरतपुर महानगरभित्र करिब २० करोडको सडकबत्तीको योजना रहेको बताए ।
यस्तै, नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यता अध्ययन भइरहेको र २५० देखि ३०० ओटा कन्टेनर बोक्ने पानीजहाज सन्चालन गर्न सकिने सम्भावना देखिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्