२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


लक्ष्मी बैंकको ‘माई कार्ड आइडियाज’को विजेता घोषणा


0
Shares

काठमाडौं, कात्तिक ५ । लक्ष्मी बैंकले सन्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक ‘क्राउड सोर्सिङ’ प्रतियोगिताको विजेता घोषणा गरेको छ ।

बैंकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी डिजाइनर टीशा श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले तीन लाख ५० हजार रुपैयाँको चेक विजेता श्रेष्ठलाई हस्तान्तरण गरे ।

बैंकले आफ्नो भिसाकार्डका लागि सातओटै प्रदेशको विशेषता झल्कने डिजाइनका लागि आह्वान गरेको थियो ।

प्रतियोगितामा ६३९ जना सहभागी भएको बैंकले जनाएको छ ।