२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


बागलुङमा थप एक संक्रमितको मृत्यु


0
Shares

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उनीलाई गत वैशाख २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका उनको बिहिबार विहान साढे पाँच बजे मृत्यु भएको घिमिरेले बताउनुभयो ।

उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

धौलागिरी अस्पताल बागलुङको आइशोलेसनमा २१ जना संक्रमित उपचाररत छन् । जिल्लामा २७४ जना सक्रिय संक्रमित रहेका छन् ।