 
	    काठमाडौं । नेपाल–बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी) को चौथो बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।
सहसचिवस्तरीय उक्त बैठकमा दुई देशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका लागि तयार पारिएको प्रारम्भिक खाकामा सहमति जुटाइने जनाइएको छ ।
गत वर्ष काठमाडौं मै भएको दुई देशका सचिवस्तरीय जोइन्ट स्टेयरिङ ग्रुपको बैठकमा दुई देशबीचको पारवहन र वाणिज्य सन्धिलाई प्राथमिकतामा राखिएको थियो ।
वाणिज्य तथा पारवहन सन्धिले तयार पारेको दुई देशबीचको व्यापारको मार्गदिशाका आधारमा सहुलियलपूर्ण व्यापारको विषयलाई बैठकको पहिलो प्राथमिकतामा राखिएको छ ।
यो बैठकबाट सहुलियतपूर्ण व्यापारका विषयमा हुने विस्तृत सम्झौताका लागि प्रारम्भिक खाकामा सहमति जुटाइनेछ । नेपाल र बंगलादेशबीच २०३२ सालमा नै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा नेपाल र बंगलादेशबीच ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको देखिन्छ ।
जसमध्ये बंगलादेशबाट नेपालामा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने नेपालबाट बंगलादेश १ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्