Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा : महासंघ


0
Shares

काठमाडौं, बैशाख २२ । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ ।

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न उद्यमीहरुले अहोरात्र खटिएको स्मरण गर्दै महासंघका अध्यक्ष श्याम गिरीले ताप्लेजुङ्ग, काभ्र्रे, कैलालीा पर्सा सुर्खेत बाँके दाङ, सल्यान मकवालनपुर संखुवासभामा गरी १८ साना उद्यमीले ज्यान गुमाइसकेको र १ सय १९ जना संक्रमित रहेको उल्लेख गर्नु भएको छ कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको परिस्थितिमा समेत आन्तरिक राजश्व विभागले जसरी भएपनि कर तिर्न आउन भन्नु दुःखद कुरा भएको भन्दै अध्यक्ष गिरीले अहिले अन्य क्षेत्र जस्तै लघु घरेलु तथा साना उद्योगी खुल्ला हिंड्ने र कर तिर्ने अवस्थामा नरहेको बताउनु भएको छ ।

गिरीले सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन अनुरोध गर्नु भएको छ ।

महाममारीको समयमा हामी देशभरका आम जनसमुदाय र लघु घरेलु तथा साना उद्यमीहरुलाई सरकारद्घारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्न समेत महासंघले आह्वान गरेको छ ।