
काठमाडौं । नेपाल भ्रमण वर्ष सचिवालय र गैर आवासीय नेपाली संघबीच १७ बुंदे समझदारी भएको छ ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्याउने उद्धेश्यले प्रचारात्मक कार्यक्रममा लागि यो समझदारी गरिएको हो ।
पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तर्फबाट राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र गैर आवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा प्रत्येक गैर आवसीय नेपालीले भ्रमण वर्षका सन्दर्भमा एक जना विदेशी साथी नेपाल पठाउनुपर्ने, सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाईटमार्फत भ्रमण वर्षसम्बन्धी सन्देश दिने सामग्रीको प्रचार गर्ने उल्लेख छ ।
यस्तै सचिवालयले कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, सञ्चारमाध्यमलगायतसंग आवश्यक छलफल गरी नेपालको विशेषता प्रवद्र्धन गर्ने, संघले विश्वभरी कम्तिमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल नेपालमै गर्नेलगायत सम्झौतामा उल्ल्लेख छ ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपालमा पर्यटकको संख्या वृद्धि हुन समय नलाग्ने भन्दै एकतावद्ध भएर लागेमा भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न हुने बताए ।
मन्त्री भट्टराईले २०२० मार्चभित्र गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने बताए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकरीले एयर कनेक्टिभिटीको व्यापक सुधार हुनुपर्नेमा जोड दिए ।
नेपाल भ्रमण वर्षका राष्ट्रि«य कार्यक्रम संयोजक वैद्य र गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्