
रामेछाप । रामेछापको मन्थली विमानस्थल छेउका होटल र पसलहरुमा कालो बजारी मौलाएको छ ।
लुक्लाका लागि जाने हवाई पर्यटक बढेसँगै केही किराना पसल र होटलहरुमा कालो बजारीले मौलाउने अवसर पाएको हो ।
उनीहरुले कानुन र मूल्यसूचीको वेवास्ता गर्दे खरिद मूल्यभन्दा दोब्बर मूल्यमा पर्यटक र स्थानीयलाई सामान बिक्री गर्दे आएको बजार अनुगमनका क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
मन्थली विमानस्थलको आसपासमा पर्यटकहरुको सुविधाका लागि खोलिएका केही किराना पसल र होटलहरुले मनपरि ढंगले आफ्नो अनुकुलतामा कम्पनीको मूल्यभन्दा एक सय प्रतिशत भन्दा बढी मूल्य राखेर बिक्री गर्दैे आएको खुलेको हो ।
अनुगमन टोलीले बढी मूल्य भएको स्टिकर टाँस गरी सामाग्री बिक्री गर्ने दर्ता नै नभएको एभ्रेष्ट गेटवेय मिनी मार्टलाई बन्द गरेको छ । मिनी मार्टले ७० रुपैयाँ पर्ने बिस्कुटलाई एक सय पचासमा बेच्दै आएको थियो ।
त्यस्तै टेकर्स ट्रेनिस्ट क्याफले खरिद मूल्यभन्दा एक सय प्रतिशत बढी मूल्य राखेर सामाग्री बिक्री गर्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुमगन टोलीले तीन वटा किराना पसल र तीन वटा होटलमा अनुमगन गरेको थियो ।
एक सय प्रतिशतभन्दा बढी मूल्य लिएर सामाग्री बिक्री गर्ने व्यवसायीलाई कानून अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस्