
म्याग्दी । सातवटा हिमाल र ३० भन्दा बढि गाउँ देख्न सकिने म्याग्दीको ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ ।
पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दयले युक्त भएर पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सातवटा हिमश्रृङ्खलाका साथै दर्जनौं गाउँ, वनजंगल र नदीहरुको नागबेली दृश्य देख्न सकिन्छ ।
सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।
ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े लगायत ७ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
ज्यामरुककोटबाट धौलागिरी र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढी गाउँहरु समेत देख्न सकिन्छ ।
यस क्षेत्रमा १७ औं शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्गभवानी कोत, ऐतिहासिक राजकुवा, मल्लकालिन हात हतियार लगाएत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्