१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पथलैया–वीरगञ्ज व्यापारिक मार्गको काम सन्तोषजनक भएन्


0
Shares

बारा । राष्ट्रिय आयोजनाअन्तर्गतको पथलैया–वीरगञ्ज व्यापारिक मार्गको काम सन्तोषजनक नभएपछि बारा र पर्साको जिल्ला प्रशासनले अनुगमन थालेको छ ।

दुई पटकको म्याद सकिँदासम्म पनि काम सम्पन्न नभएपछि मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासनले अनुगमन थालेको हो ।

३ अर्ब २७ करोड रुपैयाँको लागतमा पथलैयादेखि वीरगञ्जसम्म २७ किलोमिटरको ६ लेन सडक २०७५ पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी पाँच कम्पनीलाई जिम्मा दिइएको थियो ।

तर दुईपटक म्याद थपेर फेरि अन्तिमपटक म्याद थप्न निवेदन दिएपछि प्रशासनले अनुगमन थालेको हो ।

योजनाअन्तर्गत परवानीपुर–गण्डक, गण्डक–हरपतगंज, हरपतगंज–ड्राइपोर्ट, सूर्य टोबाकोदेखि आर्मी क्याम्पसम्म ठेक्का लिएका चारवटा ठेकेदार कम्पनीले म्याद थपको लागि विभागमा निवेदन दर्ता गराएका छन् ।

हालसम्म सडक खण्डमा २९ प्रतिशत, ३ ठूला पुलको ५३ प्रतिशत, साना पुलको ४७ प्रतिशत, ड्राइपोर्टदेखि गण्डकसम्मको कल्भर्ट निर्माणको १५ प्रतिशत काम मात्र भएको आयोजनाले जनाएको छ ।

काम सन्तोषजनक नभएपछि बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, आयोजनाका इन्जिनीयर अरुणकुमार कर्णलगायतको टोलीले स्थलगत अनुगमनमा ठेकेदार कम्पनीले चरम लापरबाही गरिएको बताइएको छ ।

संघीय सरकारअन्तर्गतको योजनाको कामलाई ढिलासुस्ती गर्नेलाई कारबाही गरिने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रराज पोखरेल बताउँछन् ।