२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘महाधिवेशनमा दलले चरम राजनीतिकरण गर्न खोजे’


0
Shares

काठमाडौं, कात्तिक १ । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै पन्त आगामी दुई वर्षका लागि निर्वाचित भएका हुन् ।

उनले १२ सय १७ मत ल्याए भने आचार्यले एक हजार ७० मत प्राप्त गरे ।

पन्त जर्मनी र आचार्य बेलायतमा रहेर व्यवसाय गर्दै आएका छन् ।

उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र मन केसी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भइन् ।

संघको महासचिवमा हेमराज शर्मा, सचिवमा गौरीराज जोशी र आरके शर्मा विजयी भएका छन् ।

यस्तै, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष पन्तले संघको योपटकको निर्वाचन राजनीतिक दलले चरम राजनीतिकरण गर्न खोजेको आरोप लगाए ।

उनले आगामी महाधिवेशन नेपालमा नगर्ने र अनलाइनमार्फत् भोट गर्ने व्यवस्था गर्ने बताए ।

संघको नवौं विश्व सम्मेलन एवं महाधिवेशनमा भाग लिन ८१ देशबाट ‘एनआरएनए’का प्रतिनिधि नेपाल आएका थिए ।