Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


एनआरएनएको नवौं विश्व सम्मेलन : को–को भए विजयी ?


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि पन्त निर्वाचित भएका हुन् ।

पन्त जर्मनी र आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन । निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए ।

निर्वाचन समितिले मत गणनाको औपचारिक घोषणा भने केही बेरमा गर्ने जनाएको छ । दुवै प्यानलबाट मिश्रित परिणाम आएको छ ।

अध्यक्ष–कुमार पन्त

उपाध्यक्ष– डा. वद्री केसी

उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ

उपाध्यक्ष– सोनाम लामा

उपाध्यक्ष– मन केसी

महिला उपाध्यक्ष– रविना थापा

महासचिव–  डा. हेमराज शर्मा

सचिव– गौरी जोशी

सचिव– आरके शर्मा

कोषाध्यक्ष –महेशकुमार श्रेष्ठ

सहकोषाध्यक्ष– लोकप्रसाद दाहाल

महिला संयोजक –भुमा लिम्बू

 

 

 

Skip This