Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


स्याङ्जामा पाखामा लागेको आगोमा जलेर महिलाको मृत्यु


0
Shares

सागर न्यौपाने

स्याङ्जा । आधिँखोला गाउँपालिकामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार ती महिला ब्रतमन्धको निमन्त्रणमा गई घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको आगोबाट हिडीरहेको अवस्थामा आगोको मुस्लोमा परी जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा आधिँखोला गाउँपालिका वडा नं १ अर्घौदी बस्ने लक्ष्मी प्रसाद तिवारीको श्रीमती ७२ वर्षीय टीका कुमारी तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टम कार्यका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।