२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


जन गायक जीवन शर्मालाई अचानक यस्तो आपत


0
Shares

काठमाडौं ।  जन गायक जीवन शर्मा यतिबेला ठूलो पीडामा छन् । जीवनभर जनताका दुःख र पीडाका गित गाउने यी जनगायकलाई सोच्दै नसोचेको दशा भोग्नु परेको छ ।

दशैंमा खाना खानेक्रममा मासुको हड्डीले अन्ननली छेडेर उनका जेठा छोरा सिकिस्त बनेका छन् । अहिले छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ ।

जीवनभर आर्थिक लोभ नगरी जनताको गीत गाउँदै हिंड्ने शर्मालाई यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको छ ।

यस्तो पीडामा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले शर्मालाई भेटेर केही रकम  हस्तान्तरण गरेकी छन् ।

धन नभए पनि मन हुने धेरै भएकाले नअतालिन समासद् चौधरीले शर्मालाई आग्रह गरिन । शर्मालाई सहयोग गर्न चौधरीले सबैलाई आग्रह गरेकी छन् ।