२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘बालुवाटारको जग्गा किनेर ठगियौं’


0
Shares

काठमाडौं, असोज २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो भवन बनेको स्थान बालुवाटारको जग्गा किन्दा अरु नेपालीहरुजस्तै आफू पनि ठगिएको जनाएको छ ।

बालुवाटारको जग्गा लालपुर्जासहित किन्दा पनि सो जग्गा विवादमा रहेको पछिमात्रै आफूहरुले थाहा पाएको संघका महासचिव बद्री केसीले बताए ।

संघको नवौं विश्व सम्मेलनबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका अवसरमा केसीले १२ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरिएको स्पस्ट पारे ।

भवन निर्माण गर्दा ५० लाख रुपैयाँ कर सरकारले मिनाहा गरेको महासचिव केसीले जानकारी दिए ।

अहिलेसम्म पनि जग्गा संस्थाकै नाममा रहेकोसमेत उनले जिकिर गरे ।