Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


शुक्रबारदेखि कुश्माका सबै विद्यालय बन्द


0
Shares

पर्वत, बैशाख ९ । पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुको बैंठकले शुक्रबारदेखि लागु हुने गरि एक साताका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च रुपमा बढेकोले सदरमुकाम तथा आसपासका क्षेत्रमा समेत संक्रमण फैलन सक्ने भन्दै नगरपालिका भित्रका निजि तथा सामुदायिक सवै विद्यालय बन्द गर्ने निर्णय गरिएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु तिवारीले जानकारी दिनुभयो ।

उहाँले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पढाई संचालन गर्नको लागि आग्रह गरिएको पनि बताउनुभयो ।