१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चीनसंग भएका सहमतिमा मख्ख मात्र नपरौं, कार्यान्वयन गरौं : पूर्व सचिव ओझा


0
Shares

काठमाडौं । नेपाल र चीन बिच पूर्वाधारको विकास, लगानी वृद्धि तथा व्यापार सहजीकरण लगायतका २० वटा सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा विभिन्न परियोजना तथा पुर्वाधार निर्माणका सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनले नेपालमा पुर्वाधारको विकासको लागी क्रस बोर्डर रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्ने, कनेक्टीभिटीको विकास, टनेल निर्माणमा अन्तर्राष्ट्रिय विकास एजेन्सी सँग सहकार्य गर्ने लगायतका मुख्य बुँदाहरुमा सम्झौता गरेको छ ।

यी मुद्धाहरु पुरानै भएपनि अहिले भने यो सम्झौताले मुर्त रुप पाएको विश्लेषण छ पूर्व उद्योग वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाको ।

नेपालले पुर्वाधारको विकास, लगानी वृद्धि तथा निर्यातमा बढावा दिनको लागी चिनसँग विभिन्न समयमा थुप्रै उच्च स्तरिय भेटघाट गर्दै आएको छ

चीनसँगको व्यापार घाटा न्युनिकरण गर्न नेपाल र चिनबिच द्धिपक्षीय संयन्त्रको आवाश्यकता भएकोले यस सम्झौताले कार्यान्वयन गर्न सघाउ पुर्याउने उनको विश्वास छ । नेपालले सम्झौता गर्दा दिर्घकालीन सोंच र तयारी गर्न नसक्दा कार्यान्वयनमा समस्या पर्ने गरेको ओझाको तर्क छ ।

चीनतर्फको रहेका ६ वटा नाका मध्ये दुईवटा नाकामा मात्रै मोटर बाटो पुगेको छ । अन्य नाकाहरु सुचालु हुन सकेका छैनन् ।

चीनसँगको व्यापार वृद्धि गर्नको लागी सरकारले सडक यातायात र पुर्वाधारको विकास गरी सबै नाका यथासक्य चाँडो सुचालु गर्नु पर्ने पूर्व सचिव ओझाको सुझाब छ ।

चीनसंग भएका सहमतिमा मख्ख पर्नुभन्दा पनि यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।