२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारु साट्न अर्थमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, असोज १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले भारु सटहीमा देखिएको समस्या समाधान गर्न भारतीय समकक्षीसँग आग्रह गरेका छन् ।

विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन भारत गएका मन्त्री खतिवडाले भारतीय वित्तमन्त्री निर्मला सितारमणसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

उनले भारत सरकारले भारु ५०० र एक हजारका नोट प्रचलनमा बन्देज लगाउनुपहिले नेपालमा मौज्दात पाँच करोड भारु सटहीसम्बन्धी समस्या समाधान गर्न अनुरोध गरेका हुन् ।

उनले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आफूसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएको भन्दै त्यसलाई स्पस्ट हुनेगरी आवश्यक सूचना जारी गरिदिनसमेत अनुरोध गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

भारतीय वित्तमन्त्री सितारमणले भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगकाक्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताएको अर्थ मन्त्रालयले जनाएको छ ।