१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘खसी किन्न सकिएन’


0
Shares

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

काठमाडौं, असोज १७ । बडादसैं नजिकिएसँगै बजारमा खसी–बोका किन्नेको भीड लागेको छ ।

बलि दिन होस् वा मासु खानका लागि नै किन नहोस्, दसैंमा खसी काट्नुपर्ने चलनअनुरुप राजधानीका विभिन्न ठाउँमा खसी–बोका किन्नेको घुइँचो लागेको छ ।

दसैंलाई लक्षित गरी नेपाल खाद्य संस्थानले यो वर्ष एक हजार खसी–बोका र दुई हजार च्यांग्रा भित्र्याएको छ ।

संस्थानले जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो बोकाको ६८० रुपैयाँमा बिक्री–वितरण गर्न थालेको छ ।

पशुसेवा कार्यालयलबाट स्वास्थ्य परीक्षण गरी बिक्री–वितरण गरिएको खसी–बोका खरिद गर्न पुगेका एक उपभोक्ताले भने विगतका वर्षहरुको तुलनामा यो वर्ष बढेको महँगीका कारण खसी किन्न नसकेको प्रतिक्रिया दिएका छन् ।

दसैं हो जसो तसो किन्नु नै पर्ने बाध्यता भएको भन्दै एक उपभोक्ताले खसी किनेको बताएका छन् ।

देशका विभिन्न जिल्लाबाट बिक्री–वितरणका लागि खसी–बोका ल्याएको बताउने एक व्यापारीले भने यो वर्ष व्यापार निकै नै कम भएको जानकारी दिए ।

कतै तौलेर र त कतै हचुवाको भरमा पनि खसी–बोका र च्यांग्रा बिक्री–वितरण भइरहेको पनि पाइयो ।

धादिङबाट ल्याइएका खसी बिक्री गर्न आएका एक युवाले गाडी भाडा महँगो भएका कारण खसी–बोकाको भाउ बढेको बताए ।

नेपाल खाद्य संस्थान होस् वा कलंकी खसीबजार अनि राजधानीका विभिन्न भागमा देखिएको खसी–बोका व्यापारले देखाउँछ, घरघरमा दसैं भित्रिइसकेको छ ।

भिडियो हेर्नुहोस्