२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


गन्डकी पर्यटन प्रवर्द्धन अभियान सम्पन्न


0
Shares

काठमाडौं, असोज १५ । गन्डकी पर्यटन प्रवर्द्धन अभियान सकिएको छ ।

यही असोज ९ देखि १५ गतेसम्म गन्डकी प्रदेश सरकारले अभियान सन्चालन गरेको थियो ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी पहिलो चरणको प्रवर्द्धन अभियान सकिएको जनाइएको हो ।

गन्डकी प्रदेशले सन् २०१९ मा गन्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रदेश नम्बर–१, २, ३ र ५ का विभिन्न स्थानमा प्रवर्द्धन अभियान सन्चालन गरिएको थियो ।

प्रदेश सरकारले सन् २०२० को पर्यटन भ्रमण वर्ष सफल बनाउन पनि यो अभियान सन्चालन गरेको जनाएको छ ।

गन्डकी पर्यटन प्रवर्द्धन अभियान समापन कार्यक्रममा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन अभियान सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

गन्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा निजी क्षेत्रसहितको टोलीले बुटवल, इटहरी, विराटनगर, लुम्बिनी, जनकपुर, हेटौंडालगायतका स्थानमा पर्यटन प्रवर्द्धन अभियान सन्चालन गरेको थियो ।