२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बिकेन मेलामा खसी


0
Shares

सुजित भण्डारी (इमेज)

नुवाकोट, असोज १५ । नेपालीहरुको महान् चाड बडादसैंलाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–७ मा वृहत् खसी बजार सम्पन्न भएको छ ।

झन्डै ३०० भन्दा बढी खसी बजारमा ल्याइएको थियो ।

विगतका वर्षमा जस्तै तुप्चेको हाम्रो सहकारी संस्था लिमिटेडले खसी बजारको आयोजना गरेको थियो ।

विगतका वर्षमा खसीको माग उच्च भएकाले यो वर्ष ३०० भन्दा बढी खसी मेलामा ल्याएको आयोजकले जनाएको छ ।

मेलामा ल्याइएका सबै खसी बिक्री नभएपछि किसानसँग सहकारीले खरिद गरेको छ ।

मेलामा १७० खसी बिक्री भएको थियो । बाँकी खसी सबै सहकारीले खरिद गरेको बताइएको छ ।

दसैंमा तिब्बतबाट आउने भेडा–च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेको सहकारी संस्थाले वर्षेनि खसी मेलाको आयोजना गर्दै आएको हो ।

आयोजक हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले मेलाले कृषक र ग्राहक दुवैलाई फाइदा मिलेको र सरकारीले उनीहरुको बीचमा समन्वयमात्रै गराउन मेलाको आयोजना गरेको बताए ।