२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


पुलको माग गर्दै २५ दिनदेखि अनशन


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असोज १५ । बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि २५ दिनदेखि रिले अनशनमा रहेका स्थानीयको मागमा सुनुवाइ हुनसकेको छैन ।

पुल निर्माणमा सरकारी पक्षबाट कुनै पहल नभएकाले दबाबस्वरुप आफूहरु अनशनमा बसेको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए ।

पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म अनशन जारी रहने समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयअगाडि गएको भदौ २२ गतेदेखि अनशन सुरु भएको हो ।

झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको आर्थिक विकाससँग जोडिएकाले स्थानीयले दशकौंदेखि दबाब दिँदै आएका छन् ।

वि.सं. २०५९ सालमा १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भएपनि अहिलेसम्म सुनुवाइ हुनसकेको छैन ।