२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सुनको मूल्य तोलाको ६०० बढ्यो


0
Shares

काठमाडौं । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज(बुधबार) स्थानीय बजारमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५  पुगेको महासङ्घले जनाएको छ ।