Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कारबाहीको विषयमा छलफल गर्न नेपाल समूहले डाक्यो स्थायी कमिटी बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपल पक्षले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीले गरेको कारबाहीको विषयमा छलफल हुने बताइएको छ ।

कलंकीस्थित एक बैंक्वेटमा बस्ने बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे तथा घनश्याम भुसाललाई कारबाही गरेपछिको अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सो समूहले पार्टीमै रहेर संघर्ष गर्ने भन्दै समानान्तर कमिटीहरु गठन गर्न थालेको छ ।

Skip This