Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


काम बिनाको बजेट नमाग्न मन्त्रालयलाई अर्थमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, चैत १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले बजेट खर्च हुन नसकि सरेन्डर गर्नु पर्ने अवस्था रहेको भन्दै बहुवर्षिय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार मात्र बजेट राख्न आग्रह गर्नुभयोे ।

कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्नुभयो ।

उहाँले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पर्यटन मन्त्री भानुभक्त ढकालले कोभिडबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताउनुभयो ।

Skip This