
काठमाडौं । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायत सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न कार्यक्रम गर्ने जनाएका छन् २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख बढी ज्येष्ठ नागरिकहरु रहेका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसका अवसरमा सबै ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्