
काठमाडौं । सरकारले दशैंका लागि खसी, बोका, च्याङ्ग्रा विक्री सुरु गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसी–बोका, च्याङ्ग्रा विक्री सुरु गरेको हो ।
कम्पनीले जिउँदो च्याङ्ग्राको प्रतिकिलो ७ सय ३० रुपैयाँ र खसि, बोकाको प्रति किलो ५ सय ५० रुपैयाँमा विक्री सुरु गरेको हो ।
गत वर्ष खसीबोका प्रतिकिलो पाँच सय र च्याङ्ग्रा प्रतिकिलो ७ सयमा विक्री गरेको थियो ।
कम्पनीले मंगलबारदेखि विक्री सुरु गर्ने तयारी यसअघि गरेपछि सोमबारबाटै विक्री सुरु गरेको जनाएको छ ।
कम्पनीले यस वर्ष खसी–बोका एक हजार र च्याङ्ग्रा २ हजार वटा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्