१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


धनकुटाको लेउतीखोलामा पक्कीपुल निर्माणमा ढिलाइ


0
Shares

धनकुटा, असोज १३ । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित सिम्सुवाको लेउतीखोलामा निर्माणाधीन पक्कीपुल निर्माणमा ढिलाइ भएको छ । हालसम्म ४५ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

२०७४ असार २५ गतेदेखि निर्माण सुरु भएको पुलको काम दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको सडक डिभिजन धनकुटाका इन्जिनियर विकेश लागेले जानकारी दिए ।

भ्याटसहित करिब सात करोड रुपैयाँ कुल लागत रहेको उक्त पक्कीपुल निर्माणको ठेक्का कुन्सालिंग, बिरुवा र सारासृष्टि निर्माण कम्पनी जेभीले पाएको थियो ।

सम्झौताअनुसार आयोजनाको म्याद २०७६ असारमै सकिएको छ ।

ठेकेदार कम्पनीले सुरुमा फाइनल भएको पुलको डिजाइन त्रुटि भइ संशोधन गर्नेक्रममा ८ महिना काम रोकिएका कारण निर्माणमा ढिलाइ भएको ठेकेदार मिङ्गमा शेर्पाले बताए ।