 
	    काठमाडौं, असोज १२ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पूँजी बजारको विकासका लागि धेरै काम गरेको दाबी गरेका छन् ।
बोर्डले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा पूँजी बजारमा उल्लेख्य काम गरेको दाबी गरेका हुन् । उनले पूँजी बजारको दोस्रो चरणको सुधार, कार्ययोजना प्रस्तुत गरेअनुसार अधिकांश योजना कार्यान्वयनमा आएको बताए ।
डिम्याट खाता अनिवार्य गरी आश्वा प्रणाली र अटोमेशन लागू गर्दा धितोपत्र बजार पारदर्शी र आधुनिक भई नेपाल दक्षिण एशियामा अग्रपंक्तिमध्येमा पुगेको उनको भनाइ थियो । प्राथमिक शेयर निष्काशनदेखि सूचीकरणसम्म ६ महिना लाग्ने गरेकोमा एक महिनामा झरेको र आईपीओ बाँडफाँडको समय ३ महिनाबाट हप्ता दिनमा झरेको उनले बताए ।
धितोपत्रको भित्री कारोबारलाई रोक्न बोर्डले इन्साइडर ट्रेडिङ कार्यविधि मन्त्रालयमा पठाउने तयारी गरिरहेको उनले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्