
काठमाडौं, असोज १२ । पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि डिसेम्बर ३१ मा ‘काठमाडौं कार्निभल’ आयोजना हुने भएको छ ।
पर्यटन वर्ष अभियानका राष्ट्रिय संयोजक सुरज बैद्यले अभियान सफल बनाउन विभिन्न प्रचारप्रसारका कार्यक्रमलाई तीब्रता दिईरहेको बताए ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको अन्तर्क्रियामा उनले २० लाख पर्यटक भित्र्याउन ‘वान स्टप फ्लाइट’ भएका देशका पर्यटकलाई केन्द्रित गरेको बताए ।
पर्यटन वर्ष अभियानको उद्देश्य नयाँ गन्तव्य, पर्यटन क्षेत्रमा लगानी र रोजगारी बृद्धि गराउनु रहेको भन्दै उनले पर्यटन लगानी सम्मेलन समेत गरिने बताए । भूकम्पपछि नेपाल असुरक्षित रहेको गतल प्रचार बाहिर भईरहेको भन्दै यसलाई चिर्न संचारमाध्यमले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल पूर्ण सुरक्षित र घुम्नैपर्ने देश भएको कारणसहित समाचार सम्प्रेषण गर्न समेत उनले आग्रह गरे । उनले नेपाल आर्मी, प्रहरी, रोटरीलगायत ५० बढी संघ संस्थाले पर्यटनसँग सम्बन्धित कार्यक्रम गर्ने तयारी गरेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्