
काठमाडौं, असोज १२ । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले यी दुई मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पबाट क्षति भएका यी मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्ने सम्झौता भएको छ ।
टेण्डरमार्फत् गर्ने कि उपभोक्ता समितिमार्फत गर्ने भन्नेमा कुरा नमिलेकाले आगमछेंको पुनर्निर्माण अघि बढ्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्