२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


पहाडी क्षेत्रमा पानी पर्ने


0
Shares

काठमाडौं । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर केही स्थानमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहे पनि केही दिनदेखिको प्रदुषण आज पनि कायम रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५८ बजे भयो भने सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ ।