२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंमा थाई महोत्सव


0
Shares

काठमाडौं । नेपालस्थित थाई दूतावासले थाइल्याण्डको संस्कृती, उत्पादन एवं पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एक दिने थाई महोत्सवको आयोजना गरेको छ ।

दूतावासले काठमाडौंस्थित एक पाँचतारे होटलमा थाई महोत्सव गरेको हो ।

दूतावासले विगत तीन वर्षदेखि निरन्तर यस्तो महोत्सव गर्दै आईरहेको छ ।

यस्तो मेलाले नेपाल र थाइल्याण्डको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुर्‍याउने दूतावासले जनाएको छ ।

मेलामा थाइल्याण्डका उत्पादनसहित खानाका परिकार समेत राखिएको थियो ।