
काठमाडौं, असोज १० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौंस्थित सिभिल मलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्री गरिएको भेटेपछि जरिवाना गरेको छ ।
विभागले अनुगमनकाक्रममा खरिद मूल्यभन्दा ३०० प्रतिशत बढीमा सामान बिक्री गरेको भेटेपछि जरिवाना गरेको हो ।
विभागले बिलबिजक नराखी सामान बिक्री गर्नेहरुलाई २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गरेको छ ।
पिपिएस फेसन सेन्टर तिरुपति सपिङ सेन्टरलाई ५० हजार, डिसी ड्रेस कोड र पायोनियर ट्रेड कन्सर्नलाई २०/२० हजार जरिवाना गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्