२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘मेड इन नेपाल २०७६’ सुरु


0
Shares

काठमाडौं, असोज १० । स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने ‘मेड इन नेपाल २०७६’ मेला राजधानीमा सुरु भएको छ ।

नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको सातौं संस्करणको ‘मेड इन नेपाल’को शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले उद्घाटन गरे ।

सोक्रममा मन्त्री यादवले मेलाले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागि गतिलो जवाफ दिएको बताए ।

युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण मेलामार्फत् दिएको उनले बताए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उनले त्यसलाई निरन्तरता दिने बताए ।

प्रदर्शनीमा नेपालमा उत्पादित कपडा, मूर्ति, विभिन्न जडीबुटी, अर्गानिक तरकारी, पश्मिना, अचार, महलगायत विभिन्न कम्पनीका उत्पादन तथा फुड गरी १०० ओटा स्टलहरु छन् । मेला शनिबारसम्म चल्नेछ ।

निःशुल्क प्रवेश दिइएको मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्थासमेत गरिएको छ ।