
न्यूयोर्क, असोज १० । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटवार्ता गरेका छन् ।
न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री मोदीले इरानी राष्ट्रपति रुहानीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री मोदीले खाडी क्षेत्रमा शान्ति सुरक्षाका लागि कुटनीतिक पहलमार्फत अन्य राष्ट्रलाई विश्वासमा लिन सुझाव दिएका थिए ।
दुवै नेताबीच सन् २०२० मा कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ धुमधामसँग मनाउने सहमतिसमेत भएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्