
काठमाडौं । आज मार्च २४ तारिख । विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व क्षयरोग दिवस बनाईदैछ ।
रोग सम्बन्धी सचेतना र बानी व्यवहार परिवर्तन गराउने उदेश्यले विश्व क्षयरोग दिवस मनाइन्छ ।
यस बर्ष ‘द क्लक इज टिकिङ’ अर्थात ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराको विश्वभर क्षयरोग दिवस मनाइदैछ ।
क्षयरोग अर्थात् ट्युबरक्लोसिस ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरु मध्ये एक मानिन्छ ।
क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछ्यु गर्दा, थुक्दा यसका जीवाणुहरु निस्कन्छन् र हावाको माध्यमबाट अरु निरोगी व्यक्तिहरुमा समेत सर्ने गर्दछन् ।
क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्ने भएपनि शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।
यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुको साथै व्यक्तिको तौल पनि कम हुदै जाने लक्षण देखा पर्दछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष ४२ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्