
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सही रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छन् ।
राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा गरेको प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त आग्रह गरेकी हुन् ।
मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।
विकास र समृद्धिको अभियानमा सहकारीलाई सामेल गराएर आर्थिक समृद्धिको अभियानमा योगदान दिन पनि उनको आग्रह थियो ।
प्रतिक्रिया दिनुहोस्