
काठमाडौं, असोज ४ । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष पनि उल्लेख्य प्रगति जारी राख्न सफल भएको जनाएको छ ।
संस्थाको शनिबार राजधानीमा सम्पन्न १७औं वार्षिक साधारणसभामा अध्यक्ष विश्वबहादुर डंगोलले संस्थाले प्रगति जारी राख्न सफल भएको प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा २३ प्रतिशतले नाफा बढाउन सफल भएको जनाएको छ ।
संस्थाले अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशतले निक्षेप संकलन बढाएको पनि जनाएको छ ।
साधारणसभाले संस्थाको सेयर पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्