२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अघि बढेन्


0
Shares

सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

समयमै मुआब्जा र क्षतिपूर्ति निर्धारण हुन नसक्दा सिन्धुलीस्थित सरकारको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अगाडी नबढेको हो ।

आयोजनाबाट प्रभावित सिन्धुली र रामेछाप जिल्लाका बासिन्दाले डाइभर्सनको कार्य थालनी गर्नु अगावै राखेको उचित मुआब्जा र क्षतिपूर्तिको माग पूरा हुन नसक्दा काम अगाडि नबढेको हो ।

सिन्धुली र रामेछाप जिल्ला प्रशासन कार्यालयमा पटक पटक बसेको बैठकले स्थानीयबासीको जग्गाको मुआब्जा निर्धारण गर्न नसक्दा अन्यौल बढेको हो ।

स्थानीयले उचित मुआब्जा, रोजगारीको तथा प्रभावित क्षेत्रको जलवायुमा पर्ने असर समेतको मुल्यांकन गरि नदी क्षेत्रमा तटबन्ध, सुख्खा क्षेत्रमा सिंचाई लगायतका विकासमा प्राथमिकता दिन माग गर्दै आएका छन् ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणन गर्दा विपी राजमार्ग ४ सय २५ मिटर र खुर्कोट मन्थली सडकको एक किलोमिटर डुवानमा पर्ने छ जनाईएको छ भने, सिन्धुली र रामेछाप जिल्लाका ५ सय ३२ घरधुरीका ४ हजार २ सय ३४ व्यक्तिहरु प्रभावित हुनेछन् ।