
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा उपाधि दावेदार खुमलटार युथ क्लब पराजित भएको छ ।
शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो ।
जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ । लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
शनिबार नै भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ । ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १ शुन्य गोल अन्तरले पराजित गर्यो ।
ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे ।यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्