२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कांग्रेसलाई अपवित्र गठबन्धनको खेलमा नलाग्न कमल थापाको सुझाव


0
Shares

भैरहवा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन मुलुकको हितमा नभएको बताउनुभएको छ ।

जनताले ५ बर्ष नेकपालाई सरकार सञ्चालनका लागि म्यान्डेट दिएको उल्लेख गर्दै अध्यक्ष थापाले अपवित्र गठबन्धनको खेलमा नलाग्न नेपाली कांग्रेसलाई सुझाव दिनुभयो ।

उहाँले ताजा जनादेशनै अहिलेका लागि उत्तम विकल्प रहेको बताउनुभयो ।

पार्टीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले अहिलेको समयमा काङग्रेस सरकारमा गए मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो ।

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य र ऐतिहासिक कदम भएको पनि बताउनुभयो ।

उहाँले सरकारले विप्लव नेतृत्वको पार्टीलाई मूलधारमा ल्याएर ठूलो सफलता हासिल गरेको बताउनुभयो ।

अध्यक्ष थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रप्रति आफ्नो पार्टीको असहमति रहेको दोहोर्याउनुभयो ।