Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


महिला हिंसाका घटनामा शून्य सहनशीलताका साथ काम गर्ने आयोगकी अध्यक्षको प्रतिवद्धता


0
Shares

काठमाडौं, फागुन १९ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आयोगले बुधबार भद्रकालिस्थित आफ्नै कार्यालयमा १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले राजनीतिक पुर्वाग्रहबिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारवाहीको सिफारिस गरिने बताउनुभयो ।

अध्यक्ष पराजुलीले हिंसामा परेका महिलालाई अर्थ उपार्जनको बाटोमा नलगाएसम्म उनीहरु हिंसा मुक्त हुन नसक्ने बताउनुभयो ।

विद्यालय लगायत क्षेत्रमा बालिका र किशोरीमाथि भइरहेका यौनहिंसा लगायतका घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले समस्या समाधानका लागि गृह र शिक्षा मन्त्रालयसंग समन्वय गरेर अघि बढ्ने गरि परामर्श र छलफल भइरहेको बताउनुभयो ।

अन्र्तरक्रियामा महिला पत्रकारहरुले महिलाका पक्षमा राम्रा कानुन भएपनि कार्यान्वय प्रभावकारी नभएको, पीडित महिलाले विद्यमान कानुनअनुसार न्याय पाउन नसकेको, महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण दिएर कारवाही हुन नसकेको तर्फ आयोगको ध्यानाकर्षण गराएका थिए ।