
काठमाडौं, भदौ ३० । सेयरबजारमा ‘पहिरो’ जानेक्रम सोमबार पनि थामिएन । बजारमा यसदिन पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।
नेप्से १६ अंकले झरेर ११ सय २३ मा आएर थामियो ।
व्यापार समूहबाहेक अरु सबै समूह ओरालो लागे ।
जीवनबिमा समूह सबैभन्दा उच्च १३१ अंकले झर्यो । निर्जीवन बिमा समूहमा पनि ७७ अंकको गिरावट आयो । उत्पादनमूलक समूह ३० अंकले ओर्लियो । अन्य, होटल, वाणिज्य बैंक, जलविद्युत् र लघुवित्त समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १२ लाख ४८ हजार कित्ता सेयर जम्मा ३४ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्