
रुपन्देही, भदौ २९ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा गोली हानेर एक जनाको हत्या गरिएको छ । मारिने ओमसतिया गाउँपालिका ५ पचखौलीका अन्दाजी ३६ बर्षिय महेन्द्र चौधरी हुन् ।
भैरहवास्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ निकालेर घरतर्फ जाँदै गरेका चौधरीलाई स्प्लेन्डर मोटरसाइकलमा आएका दुई जनाले सकडको बीचमै गोली हानी हत्या गरेका हुन् ।
उनको साथबाट रकम पनि लुटिएको छ । मृतक चौधरीका साथमा रहेकी उनकी श्रीमती र छोरा भने सकुशल छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घटनाको बिरोधमा स्थानीयले भैरहवा–भूमही सडकखण्डमा सवारी चल्न दिएका छैनन् । उनको शव सडकमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्