२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सुनको मूल्य निरन्तर घट्दै


0
Shares

काठमाडौं, भदौ २९ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो । 

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला रु २०० का दरले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ । 

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८४० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८७० मा खरीद–बिक्री भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिऔंस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो । (रासस)