२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कैलाशले जित्यो धनगढी फुटसल लिग


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ २८ । ‘नेपाल आइस धनगढी फुटसल लिग’को उपाधि कैलाश विकास बैंकले जितेको छ ।

शनिबार भएको फाइनलमा नबिल बैंकलाई ९-४ ले पराजित गर्दै कैलाशले उपाधि चुमेको हो ।

च्याम्पियन बनेसँगै कैलाशले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

उपविजेता बनेको नबिलले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ‘ह्याट्रिक’ गरे । रमेश बोहोराले २ र महेश चौधरीले एक गोल थपे ।

नबिलका लागि विवेक विष्टले २ तथा वीरेन्द्र विष्ट र केशव चौधरीले एक/एक गोल फर्काए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नबिलका वीरेन्द्र विष्ट घोषित भए ।

सर्वाधिक गोलकर्ता कैलाशका रमेश बोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा चुनिए । उत्कृष्ट घोषितहरुले मेडल र प्रमाणपत्र पाए ।

१६ ओटा बैंकहरुको सहभागिता रहेको प्रतियोगिता फ्ल्याटल्यान्ड फुटसलमा यही भदौ ६ गतेदेखि सुरु भएको थियो ।

नेपाल आइस धनगढी फुटसल लिग सुदूरपश्चिम प्रदेशको सर्वाधिक धनराशिको फुटसल लिग हो ।