Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


३६ जिल्लाका सीडियोको हेरफेर


0
Shares

काठमाडौं, फागुन १४ । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार पाल्पामा योगेन्द्रप्रसाद पाण्डे, सिन्धुलीमा सुरेश न्यौपाने, गोरखामा शालिग्राम शर्मा पौडेल, महोत्तरीमा तिर्थराज भट्टराई, सिन्धुपाल्चोकमा अरुण पोखरेल, सुनसरीमा उमेशकुमार ढकाल र सप्तरीमा फणिन्द्रमणी पोखरेली सीडिओका रुपमा सरुवा भएका छन् । उनिहरु सबै सहसचिव हुन् ।

यसैगरि धादिङमा ज्ञानप्रसाद ढकाल, कास्कीमा थानेश्वर गौतम, उदयपुरमा तुलसीराम सेढाँई, कपिलवस्तुमा चक्रपाणी पाण्डे, बर्दियामा सन्तबहादुर सुनार, सर्लाहीमा नारायणप्रसाद भट्टराई, स्याङ्जामा दीपकराज नेपाल, दाङमा दिर्घनारायण पौडेल, कैलालीमा खगेन्द्रप्रसाद रिजाल , रामेछापमा गौलोचन सैजु, बाग्लुङमा शिवकुमार कार्की र सुर्खेतमा छविलाल रिजाल सीडिओका रुपमा सरुवा भएका छन् । उनिहरु पनि सहसचिव हुन् ।

इलाममा ध्रुवबहादुर खड्का, ओखलढुंगामा बन्दना राई, सल्यानमा लक्ष्मीदेवी होमागाई खतिवडा,दोलखामा बासुदेव घिमिरे, दैलेखमा हरिबहादुर प्याकुरेल, नुवाकोटमा जिवनप्रसाद दुलाल, अछाममा रुद्रबहादुर मल्ल, पर्वतमा देवी पाण्डे खत्री, जाजरकोटमा प्रेमप्रसाद देवकोटा, रसुवामा इश्वरीप्रसाद ढकाल, ताप्लेजुङमा उमेश पाण्डे, बझाङमा मोहन अधिकारी, हुम्लामा गणेश आचार्य, दार्चुलामा सिद्धराज जोशी र म्याग्दीमा गणेशप्रसाद अधिकारी सीडिओका रुपमा पुगेका छन्। उनिहरु सबै उपसचिव हुन् ।

सिद्धराज जोशी र गणेशप्रसाद अधिकारीको पदस्थापन भएको हो ।

सहसचिव सीडिओ हुने चितवनमा उपसचिव प्रेमलाल लामिछानेलाई सीडीओका रुपमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।