
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, भदौ २७ । कन्चनपुरमा बिहीबार राति अज्ञात समूहले वडा कार्यालय र वडाध्यक्षको गाडीमा आगजनी गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर–१९ को कार्यालय र शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ का अध्यक्ष तथा नगर प्रवक्ता जगतबहादुर सिंहको बा२१च ८५०७ नम्बरको निजी जीपमा आगजनी गरिएको हो ।
अज्ञात समूहले सो वडा कार्यालयको ताला तोडी भित्र रहेका कागजात र फर्निचरमा आगो लगाउनुका साथै शुक्लाफाँटा–७ का अध्यक्ष सिंहको गाडीमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनीबाट वडा कार्यालयका फर्निचर तथा कागजात जलेर नस्ट भएका छन् ।
आगजनीबाट गाडीको पछाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
उनले वडा कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको समूहको पर्चा भेटिएको जानकारी दिए ।
गाडीमा भने कसले आगजनी गर्यो भन्ने नखुलेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्