
काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
कृषी मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उहाँले सर्वोच्च अदालतको निर्णय सामान्य भएको र बाँचुञ्जेल कोही पनि मन्त्री नहुने बताउनुभयो ।
सूर्य उदाउँदाको खुसीमा पनि रातो नै भएर उदाउँछ र अस्ताउँदाको दुखमा पनि रातै भएर अस्ताउने भन्दै प्रधानमन्त्री ओलीले आफूलाई कुनै पश्चाताप नभएको संकेत गर्नुभयो ।
उहाँले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले गरिरहेको विजय र्यालीतर्फइंगित गर्दै मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु ख्वाइख्वाइ गरेछन् ।
तर उनीहरुले लड्डु खाएर के पाउँछन् मलाई थाहा छैन भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भोलिपर्सी दाहाल र नेपाल फेरी राजीनामा माग्न आउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्